६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न ।
६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न ।
देवघाटधाम भदौ २९
बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने मूल नारा सहित ६२ औ राष्ट्रिय बालदिवस २०८३ को अवसरमा गलेश्वर आश्रम देवघाटधाममा अवस्थित वेद वेदाङ्ग विद्यालयको सभा हलमा चितवन तथा देवघाटधामका विभिन्न सामुदायिक संस्थागत ,संस्कृत तथा कन्या गुरुकुलका छात्र छात्राहरुको सहभगितामा संस्कारयुक्त शिक्षा ,समुन्नत राष्ट्रको आधार विषयक अन्तरमाध्यमिक स्तरीय वक्तृत्व्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी विद्यालयका जम्मा २२ जना छात्र छात्राहरुले भाग लिएका थिए ।
आचार्य लक्ष्मण भण्डारीको निर्णायक मण्डलको संयोजकत्वमा ४ सदस्यीय समिति चयन पश्चात् संचालन भएको प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि देवघाट गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का अध्यक्ष पुर्ण बहादुर कुंवरले आफ्नो मन्तव्यमा संस्कार र अनुशासनको बारेमा उदाहरण प्रस्तुत गर्नु हुँदै आफू जनप्रतिनिधिमा निर्वाचित भए यता नेपाल सरकार बाट आफुले पाउनु पर्ने कुनैपनि भता सेवा सुविधालाई आफुले व्यक्तिगतकाम मा प्रयोग नगरि आफ्नो वडा अन्तर्गत स्थानीय संघ संस्था ,आमा समुह र विपन्न वर्ग लाई प्रदान गर्दै आइरहेको जानकारी गराउनु हुँदै सामाजिक कार्यमा निस्वार्थ भावनाका साथ सत्कर्म मा लाग्नु नै संस्कारयुक्त शिक्षा भएको बताउनु भयो।
विशिष्ट अतिथि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिनाले संस्कृत गुरुकुलमा अध्यनरत विद्यार्थीहरुमा अन्य विद्यालयका विद्यार्थीहरु भन्दा संस्कारयुक्त शिक्षा लाई अवलम्वन गरेर शिक्षा हासिल गरेका कारण परिक्षामा शत प्रतिशत उत्तीर्ण हुने र समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो गुरुकुल अन्तर्गत ४ वटा सैद्धान्तिक शिक्षालय हुने गरेको उदाहरण दिनु हुँदै प्रहिलो पाठशाला दोस्रो पाकशाला ,तेस्रो यज्ञशाला र चौथो गौशाला यी सबै प्रकारका शिक्षाहरु प्राप्त गर्ने विद्यार्थीले संसकारयुक्त शिक्षा हासिल गरि राष्ट्र निर्माणमा लाग्ने बताउनु भयो। यसै गरि अन्य विद्यालयका विद्यार्थीहरुले पनि गुरुकुलका विद्यार्थीहरुबाट पाठ सिक्नु पर्ने बताउनु भयो
प्राध्यापक आनन्द प्रसाद नेपालले शिक्षा २ प्रकारका हुने बताउनु हुँदै भौतिक शिक्षा र आध्यात्मिक शिक्षाको बिचमा हुने अन्तरको बारेमा बताउनु हुँदै आध्यात्मिक शिक्षा बिना भौतिक शिक्षाले प्राप्त गरेको शिक्षा सार्थक नहुने बताउनु भयो।
निर्णायक मण्डलका संयोजक आचार्य लक्ष्मण भण्डारीले प्रतियोगितामा भाग लिएका सबै विद्यार्थीहरुको समिक्षा गरि सुझावहरु प्रस्तुत गर्नु भएको थियो । वहाँले प्रतियोगिताको समिक्षा गर्नु हुँदै सहभागी सबै विद्यार्थीहरु द्वारा उत्कृष्ट प्रदर्शन गरिएको बताउनु भयो।
निर्णायक मण्डल सदस्य गोविन्द गोपाल खतिवडा ले विजेताहरुको नामावली घोषणा गर्नु भएको थियो ।
जस अन्तर्गत अर्किड इङलिस बोर्डिङ स्कुलका छात्र सुदिप पोखरेलले प्रथम स्थान हासिल गरेका थिए । द्वितीय स्थानमा सनिसा गौतम स्मल हेभन स्कुल र परमानन्द संस्कृत गुरुकुलका छात्र श्री कृष्ण न्यौपानेले तृतीय स्थान हासिल गरि विजय भएका थिए । विजेताहरु लाई प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
सान्तवाना पुरस्कार रमण बस्याल परमानन्द संस्कृत गुरुकुलका छात्र लाई प्रदान गरिएको थियो ।
साथै कक्षा १२ मा गुरुकुल तर्फ नेपाल अधिराज्य भरिमा प्रथम हुने वेद वेदाङ्ग विद्यालयका छात्र सुधि्र चालिसे लाई पुरस्कार सहित सम्मान गरिएको थियो । सहभागी सवै विद्यार्थीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियो ।
तस्बिर : रेडियो देवघाट
हरितालिका तीज २०८३ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुमस हार्दिक मंगलमय शुभकामना
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८३ को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुमस हार्दिक मंगलमय शुभकामना
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै !
देवघाटमा बांदर आतंक दिन प्रतिदिन बढ्दै ! देवघाट भाद्र २ पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन स्थानीयवासी







प्रतिकृया दिनुहोस