इलाका प्रहरी कार्यालय देवघाट द्वारा आयोजित लागू औषध तथा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न
देवघाट साउन २६
इलाका प्रहरी कार्यालय देवघाट द्वारा शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिका माध्यमिक विद्यालय क्युदी देवघाट ५ तनहुँका कक्षा ८ देखि कक्षा १२ सम्मका १३० जना विद्यार्थीहरुलाइ देवघाट गाउँपालिका वडा न ५ अवस्थित सिटीहलमा इलाका प्रहरी कार्यालय देवघाटका कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक विष्णु प्रसाद शर्माले लागु औषधको प्रयोग र यसबाट व्यक्ति परिवार र समाजमा हुने नकारात्मक प्रभाव तथा ट्राफिक प्रहरी सहायक हवल्दार रमाकान्त सुवेदीले
ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत जेब्रा क्रस ,पैदल यात्रा गर्दा ध्यान दिनुपर्ने र ट्राफिक लाइट सम्ब्न्धी विषयहरुमा विद्यार्थीहरुलाइ सचेत गराउनु भएको थियो।
लागू औषध सम्बन्धी सचेतना कार्यक्रम अन्तर्गत प्रहरी नायब निरीक्षक विष्णु प्रसाद शर्माले नेपालमा लागू औषधको विद्यमान अवस्था ,लागू औषधमा फस्नुको कारणहरु,लागु औषध प्रयोगकर्तामा देखिने लक्षण हरु र समाजमा पर्ने असरहरु र नागरिक ,विद्यालय र अभिभावक वर्गको भूमिका विषयमा विद्यार्थीहरुलाइ जानकारी र सचेत गराउनु भएको थियो । सचेतना कार्यक्रमको व्यवस्थापन का साथै विद्यालय का प्रधानाध्यापक शरद चन्द्र खनालको पनि उक्त सचेतना कार्यक्रममा उपस्थिति रहेको थियो ।
६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न ।
६२ औ राष्ट्रिय बाल दिवसको अवसरमा वेद वेदाङ्ग विद्यार्थी परिषद द्वारा आयोजित अन्तरमाध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
देवघाट सार्वजनिक पुस्तकालयको २२ औ साधारणसभा तथा देवघाट सामुदायिक सिकाइ केन्द्रको १३ औ साधारणसभा तथा अधिवेशन सप्पन्न
देवघाट , भदौ १५ देवघाट सार्वजनिक पुस्तकालय का अध्यक्ष उप प्राध्यापक फणीन्द्र प्रसाद पौडेल तथा देवघाट सामुदायिक सिकाइ केन्द्र का अध्यक्ष जय कृष्ण
श्री रामजानकी बालिका आश्रमको १६ औ नियमित वार्षिक साधारणसभा एवं आय व्यय सार्वजनिक कार्यक्रम सम्पन्न
देवघाट ,भाद्र ४ लोक कल्याण सेवा प्रतिष्ठान द्वारा संचालित श्री रामजानकी बालिका आश्रम देवघाट चितवनको १६औ नियमित वार्षिक साधारणसभा तथा वर्ष २०८२/८३को






प्रतिकृया दिनुहोस