जंगली हात्तीको आक्रमणमा परि चितवनमा २ जनाको मृत्युु ।
जंगली हात्तीको आक्रमणमा परि चितवनमा २ जनाको मृत्युु ।
चितवन, २१ असार २०८३
महानगरपालिका-२३, बेलहट्टामा शनिबार राति जंगली हात्तीको आक्रमणबाट घरमै सुतेका आमा-छोराको दुःखद मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। जंगली हात्तीले घरमै आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। जंगली हात्तीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग राख्दै भरतपुर-२३ का वडा अध्यक्ष दीपक दवाडीको नेतृत्वमा स्थानीयले आइतबार मध्यरातिदेखि मृतकको शवसहित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा धर्ना दिएका थिए।
उक्त घटना प्रति आक्रोश व्यक्त गर्दै जैविक विविधता संरक्षणका नाममा जंगली जनावरलाई मात्र प्राथमिकतामा राख्ने एकहोरो संरक्षण पद्धतिका कारण आमजनसमुदाय तथा दुर्लभ वन्यजन्तु सुरक्षित नहुने तथा केवल राष्ट्रिय निकुञ्ज प्रशासनको व्यवस्थापकीय कमजोरी रहेको मध्यवर्ती क्षेत्र जन अधिकार् महासंघ नेपालका केन्द्रिय अध्यक्ष छविलाल न्यौपानेले जानकारी गराउनु भयो।
चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, नयाँ गोरखा गण, वडा नं. २३ कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर तथा बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक उपभोक्ता समितिसहित सरोकारवालाबीच भएको छलफलपछि चारबुँदे सहमति भएको छ।
सहमतिअनुसार जंगली हात्तीलाई तत्काल नियन्त्रणमा लिन आवश्यक प्रक्रिया अघि बढाइने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतक परिवारलाई तत्काल उचित राहत उपलब्ध गराइने, मृतकको घर पुनर्निर्माण गरिने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्य तत्काल सुरु गरिने उल्लेख छ । सहमतिपछि स्थानीयको धर्ना कार्यक्रम स्थगित गरिएको छ।
सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह
सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व
सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।
देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता
१० पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा करारमा राखिएका एक जना सुन जाँचकीको नयाँ आर्थिक वर्षमा म्याद थप भएन । साउनपछि






प्रतिकृया दिनुहोस