साउदी अरबको जेलमा रहेका देवघाटवासी बोटलाई सहयोगको आग्रह ।।

साउदी अरबको जेलमा रहेका स्थानियवासीलाई घरफिर्तीका  लागि आग्रह गरिएको छ । देवघाट गाँउपालिका–५ वडा कार्यालयले आर्थिक सहयोग गर्न सम्पुर्णमा आग्रह गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा विगत ७ बर्ष अघि साउदी अरबमा रहेका देवघाट गाँउपालिका ५ निवासी शेर बहादुर बोटको उद्धार गरी स्वेदश फिर्ताका लागि आग्रह गरिएको देवघाट गाँउपालिका प्रवक्ता एवं ५ वडाअध्यक्ष पुर्ण बहादुर कुँबरले जानकारी दिनुभयो ।

 

विगत ९ महिना अघिदेखी साउदी अल्सा सफर जेलमा रहनुभएका बोटलाई नेपाल फिर्ता गर्नका लागि परिवारले सहयोगको याचना गरेको छ । नेपाल फर्काउनका लागि सारै समस्या परेको र परिवारको समेत आर्थिक स्थििति कमजोर भएकोले सहयोगको लागि आग्रह गरिएको शेर बहादुर बोटकी श्रीमती सुनिता बोटले बताउनुभयो ।

सुनिता बोटको कुमारी बैंक लिमिटेड नारायणगढ शाखामा रहेको खाता नम्बर ०११०००९६०३०००००१ मा सहयोग गर्न सकिने छ । सहयोगीको रेडियो देवघाटबाट समाचारमा जानकारी समेत गराइने छ भने रेडियो देवघाटमा आएर समेत सहयोग गर्न सकिनेछ । 

प्रतिकृया दिनुहोस

देवघाट

श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूह देवघाट ५ तनहुँ द्वारा चक्रवर्ती सामुदायिक वन ग्रीन पिकनिक पार्क क्षेत्रमा उपभोक्ता समुहका सदस्यहरुको

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

भरतपुर १ स्थित श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा बृहत् महायज्ञ संचालन हुने भएको छ । आउँदो बर्ष बैशाख १८ गतेदेखि असार ९ गतेसम्म

देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।

देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट