चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा भक्तालुजन भित्रिए देवघाटमा ।।
ऐतिहासिक, पवित्र एवं धार्मिक स्थल देवघाट क्षेत्रमा हजारौंको संख्यामा भक्तजन देवघाट पुगेका छन् । सोमबार देवघाट क्षेत्रमा चर्काे प्रवाह नगरी भक्तालुजनको बाक्लो उपस्थिति रहेको थियो । यस पटकको बोलबम श्रावणमा ५ बटा सोमबार परेकोले पनि यो उपस्थिति बाक्लिएको हो । देवघाट क्षेत्रको त्रिशुली र कालीगण्डकीको संगमस्थल देवघाटमा स्नान गर्ने र शिव मन्दिरमा पूजा गर्ने भक्तजनको भिड लागेको हो ।
श्रावण महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । देवघाटमा अन्तिम सोमबार झण्डै एक लाख भक्तजन पुगेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो । श्रावणको चौथो सोमबार करिब ७० हजार भक्तजन देवघाट पुगेको अनुमान गरिएको थियो ।
सुरक्षा व्यवस्थाका लागि तनहुँ र चितवनतर्फ गरी करिब २०० सुरक्षाकर्मी खटाइएको देवघाट क्षेत्र विकास समितिका योजना शाखा प्रमुख किरणराज पौडेलले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापनका लागि रामनगर–देवघाट सडकलाई प्रवेश मार्ग बनाइएको थियो भने आँपटारी–देवघाट सडकलाई बाहिरीने बाटो बनाइएको पौडेलले बताउनुभयो । देवघाटमा स्नान गर्न देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आएको किरणराज पौडेलले जानकारी दिनुभयो ।
‘
सामुदायिक रेडियो देवघाटद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न/आवाज विहिनको वास्तविक आवाज बन्न देवघाट गाँउपालिका अध्यक्ष थापाको आग्रह
सामुदायिक रेडियो देवघाटले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नेपालीहरुको महानपर्व विजयादशमी शुभदिपावली,छठपर्व
सिताराम संस्कृत माविको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।
देवघाट । सिताराम संस्कृत माध्यमिक विद्यालय भरतपुर महानगरपालिका–१ देवघाटको ४५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
देवघाट सार्वजनिक पुस्ताकालयको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न ।।
देवघाट सार्वजनिक पुस्ताकालय तनहुँको अठारौं तथा देवघाट सामुदायिक सिकाई केन्द्रको नवौं साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा देवघाट
प्रतिकृया दिनुहोस