नेपाल भित्रिने पर्यटकको संख्यामा बृद्धि, फेब्रुअरीमा मात्रै १ लाख २४ हजार आए
काठमाडौं– अघिल्लो महिनाको ट्रेण्डलाई पछ्याउदैं फेब्रुअरीमा पनि नेपाल भित्रिने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ ।
इमिग्रेसन विभाग र यसका कार्यालयका अनुसार यो महिना हवाई मार्गबाट नेपाल प्रवेश गरेका ९७ हजार ६ सय ९४ पर्यटकसमेत गरी कुल १ लाख २४ २४ हजार ४ सय २१ भ्रमणकर्ताहरु नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको यही महिनामा आएका पर्यटकहरुको संख्याको तुलनामा ३९% बढी हो ।
फेब्रुअरी महिनामा नेपाल आउने भारतीय पर्यटकको संख्या सन् २०१८ फेब्रुअरीमा भन्दा ९२.५% ले वृद्धि भयो । त्यस्तै समग्र सार्क राष्ट्रहरुबाट नेपाल भित्रिने यात्रुहरुको संख्यामा पनि उल्लेख्य वृद्धि देखिन्छ ।नेपालमा बढी संख्यामा आउने चीन, अमेरिकी पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।
यी दुई देशबाट नेपाल भित्रिने पर्यटकहरु अघिल्लो वर्षको यही महिनाको भन्दा ५% को हाराहारीमा बढेको नेपाल टुरिजम बोर्डको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कको एक रोचक पक्ष, यो महिना हवाई मार्गबाट आउने पर्यटकमा भारत भन्दा चीन र श्रीलंकाबाट आउने पर्यटकहरु बढी छन् ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपक राज जोशीले नेपालमा पर्यटक अवागमन बढ्नुमा नेपाल पर्यटन बोर्ड र नीजि क्षेत्रका ट्राभल व्यावसायीहरुले संचालन गरेको प्रचार अभियान भएको बताएका छन् । यो बृद्धिले ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि लिइएको पर्यटन आगमनको लक्ष प्राप्त हुने विश्वास नेपाल पर्यटन बोर्डको छ ।
चर्काे घामको प्रवाह नगरी हजारौंको संख्यामा भक्तालुजन भित्रिए देवघाटमा ।।
ऐतिहासिक, पवित्र एवं धार्मिक स्थल देवघाट क्षेत्रमा हजारौंको संख्यामा भक्तजन देवघाट पुगेका छन् । सोमबार देवघाट क्षेत्रमा चर्काे प्रवाह नगरी
बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत
काठमाडौं– बर्दिया राष्ट्रिय निकुञ्ज विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा पुरस्कृत भएको छ । निकुञ्जले १०० दीगो पर्यटन
४२ सय मिटरको उचाइमा ‘अल्ट्रा हाफ म्याराथन’
काठमाडौं– खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ४२ सय मिटर उचाइमा रहेको ओखलढुङ्गास्थित पिकेडाँडाबाट २१ किलोमिटर लामो ‘अल्ट्रा
प्रतिकृया दिनुहोस